कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

२ मंसिर, धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका २ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दुस्ख व्यक्त गरिरहेका छन् । ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका १ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
अनलाईन खवरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!