सावधान भिपिएनबाट टिकटक चलाउँदा बैंक खाता खाली होला

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट यो चलाउनेको संख्या बढ्दो छ। सरकारको निर्देशनपछि वेब ब्राउजर र मोबाइल एपमा रहेका करिब ९५ प्रतिशत टिकटक नचल्ने भएका छन् तर केही व्यक्तिका मोबाइलमा टिकटक चलिरहेको छ। सबै इन्टरनेट सेवाप्रदायकले काम गरिरहेकाले एकदुई दिनभित्र पूर्णरूपमा टिकटक नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपालमा टिकटकका करिब ९५ लाख प्रयोगकर्ता रहेको अनुमान छ। भिपिएनको सहायतामा टिकटक चलाउँदा संवेदनशील डेटा चोरिन सक्ने विज्ञहरूको दाबी छ। यसरी टिकटक चलाउँदा ठूलो आर्थिक क्षति समेत बेहोर्नुपर्ने उनीहरूले चेतावनी दिएका छन्। भिपिएनबाट टिकटक चलाउँदा हुने जोखिम र अपनाउन सकिने सुरक्षाका विषयमा केन्द्रित रहेर थाहाकर्मी कूल तामाङले फेडेरेशन अफ कम्युटर एशोशियशन नेपाल क्यानका महासचिव चिरञ्जीवी अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश। सरकारले प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताले टिकटक चलाउन छाडेका छैनन्। यो कसरी सम्भव भयो रु हो, सरकारले प्रतिबन्ध लगायो। तैपनि केहीले टिकटक चलाइरहेका छन्। उनीहरूले भिपिएन प्रयोग गरेर चलाएका छन्। भिपिएन भनेको भर्चुअल प्राइभेट नेटवर्क हो, रियल नेटवर्क हैन। कुनै ठाउँमा बसेर अर्को ठाउँमा छु भन्दै झुक्याएर सजिलैसँग चलाउन मिल्ने भर्चुअल प्राइभेट नेटवर्कको छोटो रूप नै भिपिएन हो। भिपिएनकै प्रयोग गरेर अपराध, दुर्व्यवहार र ठगीका घटना हुने गरेका छन्। ठूला तथा साना ठगीका धन्दा पहिले फेसबुक म्यासेन्जरमा धेरै आउँथे। अष्ट्रेलियाको आइपी प्रयोग गरी नक्कली आइडी बनाएर नेपालमै छु भन्ने बनाएर आपराधिक काम फेसबुकबाट हुन्थ्यो। सामाजिक उत्पीडन दिनेदेखि आर्थिक प्रलोभन देखाएर आपराधिक काम पनि भिपिएनबाटै हुने गरेका छन्। यसले प्रयोगकर्ताको वास्तविक ठाउँ लुकाएर कुनै अर्को ठाउँ वा देशकै ठेगाना परिवर्तन गर्न मिल्छ।
थाहा सबर वाट साभार

error: Content is protected !!