सल्यानमा जुवा खेलिरहेका १३ जना पक्राउ

सल्यान — जिल्लामा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कालिमाटी गाउँपालिका(२ झिगानेस्थित नारायण ओलीको घरबाट बिहीबार राति ती जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३ देखि ४६ वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । उनका अनुसार १३ जना जुवाडेबाट १ लाख ३५ हजार १ सय नगद र दुई गड्डी तास बरामद भएको छ ।पक्राउ पर्नेमा कोही शिक्षक, वडा सदस्य, प्राविधिक, स्वास्थ्यकर्मी र स्थानीय रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । सबैको जिल्ला अदालतबाट म्याद थप गरिएको उनको भनाइ छ ।
कान्तिपुर वाट साभार