प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्ना गरेका सबै अधिकार तल्लो तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै संघीयता जनताको हितमा रहेको प्रमाणित गरिने उल्लेख गर्दै तल्लो तहसम्म अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न नहुने टिप्पणी पनि गर्नुभयो । प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुने दाबी पनि गर्नुभयो । उहाँले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गर्दै गएको तीन चारदिनदेखि प्रहरी र गृह मन्त्रालयसँग छलफलमा रहेको र केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी पनि गर्नुभयो । यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सो सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण स् भविष्यका लागि सहकार्य’ रहेको छ ।
थाहा खबर बाट साभार