साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?

काठमाडौँ । नवजात शिशु जन्मिएको ६ महिनासम्म नियमित रुपमा स्तनपान मात्रै गराउनुपर्छ । शिशु ६ महिना पुगेपछि स्तनपानसँगै अन्य स्वस्थ पौष्टिक तत्व भएका खानेकुरा खुवाउनुपर्छ । यद्यपि नेपालमा ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहार पूर्णमात्रा नखुवाएको पाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार शिशु र साना बालबालिका स्वस्थ रहन गुलियो खानेकुरा र पेय पदार्थ नभइ फलफूल र तरकारीजस्ता स्वस्थकर खानेकुरा खुवाउनुपर्ने हुन्छ । तर, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ देखि २३ महिना उमेर समूहका ४३ प्रतिशत बालबालिकालाई गुलियो पेय पदार्थ खुवाएको पाइएको छ । त्यस्तै, ६९ प्रतिशत बालबालिकालाई धेरै चिनी, नुन वा बोसो युक्त अस्वस्थ्यकर खाना खुवाएको पाइएको छ । एक तिहाइ बालबालिकालाई कुनै पनि किसिमको फलफूल वा तरकारी नदिइएको पाइएको छ ।बालबालिकालाई कुपोषणबाट जोगाउन ६ महिना पूरा भएपछि पुरक आहारा खुवाउन सुरु गर्नुपर्छ । नेपालमा ६–८ महिनाका ८५ प्रतिशत बालबालिकालाई ठोस, अर्ध ठोस र नरम खाना खुवाएको पाइएको छ । एकातिर ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहारा पूर्णमात्रामा खुवाइएको छैन भने अर्कातिर नेपालमा ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई मात्रै पूर्ण रुपमा स्तनपान गराइएको पाइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का अनुसार ६ महिनासम्मका बालबालिकाहरूलाई पूर्ण रुपमा स्तनपान मात्र गराउनु पर्दछ ।

न्यूनतम स्वीकार्य आहार खुवाउने दर कम ?

नेपालमा ६ देखि २३ महिनासम्मका बालबालिकालाई न्यूनतम स्वीकार्य आहार खुवाउने दर कम रहेको पाइएको छ ।सर्वेक्षण अनुसार यस उमेर समूहका बालबालिकालाई ५७ प्रतिशत बालबालिकाले न्यूनतम स्वीकार्य आहार पूर्णमा मात्रामा नखाएको पाइएको छ । शहरी क्षेत्रमा ४५ प्रतिशत र ग्रामीण भेगमा ३९ प्रतिशतले न्यूनतम आहार खुवाएको पाइएको छ ।

कति बालबालिका भिटामिन ‘ए’को पहुँचमा ?

बालबालिका लागि भिटामिन र खनिज ९मिनरल० जस्ता सुक्ष्म पोषक आवश्यक हुन्छ । यस्तै, भिटामिन ‘ए’ ले अन्धोपन तथा संक्रमण हुनुबाट बचाउँछ । भिटामिन ‘ए’ बच्चाहरूका लागि निकै महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारले अभियानका रुपमा भिटामिन ‘ए’ कार्यक्रमलाई देशव्यापी रुपमा वडा तहका खोप केन्द्रहरूमा अभियानका रुपमा सञ्चालन गरे पनि अझै १५ प्रतिशत बालबालिका छुटेको पाइएको छ । ६–५९ महिना उमेर समूहका ८५ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ को परिपूरक पाएका छन् । यस्तै, ३४ प्रतिशत बालबालिकालाई सुक्ष्म पोषकयुक्त पाउडर जस्तै बालभिटा खुवाएको पाइएको छ । स्वास्थ्यकर्मीका अनुसार गर्भवती महिलाले रक्तअल्पता तथा अन्य जटिलताबाट बच्न गर्भावस्थामा कम्तीमा ९० दिनसम्म आइरन चक्की खानु पर्दछ । सर्वेक्षण अनुसार समग्रमा १५–४९ वर्ष उमेर समूहका ८७ प्रतिशत महिलाले पछिल्लो गर्भावस्थामा कम्तीमा ९० दिनसम्म आइरन चक्की खाएको पाइएको छ । ६५ प्रतिशतले कम्तीमा १८० दिनसम्म आइरन चक्की खाएका थिए । यस्तै, सर्वेक्षण अनुसार ९९ प्रतिशत घरपरिवारमा परीक्षण गर्दा नेपालमा ९८ प्रतिशत घरपरिवारमा आयोडिन भएको नुनको प्रयोग गरेको पाइएको छ ।

क्यालोरी, फ्याट, प्रोटिन कति खानुपर्छ  ?

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई स्तनपानले मात्रै पुग्छ । ६ महिनादेखि शिशुलाई लिटो, दाल, जाउलो, फलफूलको जुसजस्ता खानेकुरा खुवाउन सुरु गर्नुपर्छ । जसलाई सेमी सोलिड पनि भनिन्छ । एक वर्षसम्मको बच्चालाई ६८० क्यालोरी आवश्यक पर्छ । जसमा आमाको दुधबाट ३४० क्यालोरी प्राप्त गर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यस्तै, ६ देखि १ वर्षसम्म बालबालिकालाई १०।५ ग्राम, २५ ग्राम फ्याट र १ देखि ३ वर्षसम्मका बालबालिकालाई १२।५ ग्राम प्रोटिन आवश्यक पर्छ ।
रातोपाटी वाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!