सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु

३० कात्तिक, काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका १० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ । विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताए । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।
अनलाईन खवरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!