जम्मु कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु ।

३० कात्तिक, काठमाडौं । जम्मु कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

अनलाईन खवरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!