जनकपुर :जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ। धनुषाको विदेहनगरपालिका स्थित बैदेही स्टेसन नजिक पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए।मृत्यु हुनेमा भारतको जयनगर बेल्ही बस्ने ६० वर्षीय बिन्देश्वर दास रहेको प्रहरी प्रवक्ता अवाले बताए। रेल आज मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो।
थाहा खबर बाट साभार