यस्तो छ भाइटीकाको दिनको मौसम

२८ कात्तिक,‍ काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ । आज मंगलबार र भोलि  बुधबार भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपात हुने र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।
अनलाईन खवरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!