कालिकोट । यही कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र विन्दु बनाई गएको विनासकारी भुकम्पले गरेको क्षतीलाई मध्यनजर गर्दै कालिकोट जिल्लाको महावै गाउँपालिका राहात वितरण गर्नको लागी जाजरकोट पुगेको छ । आज महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) प्रमुख प्रशासकिय अधिकृत प्रकाश शाही , लेखा प्रमुख मलिम रावत, लगायतको टोली राहत सामाग्री लगेर जाजरकोट पुगेको हो । जाजरकोटको भुकम्प क्षेती ग्रस्त क्षेत्र जुनीचाँदे गाउँपालिकामा पुगेर १०० वटा त्रिपाल र ६० वटा कम्बल वितरण गरेको महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भएको छ । सो गाउँपालिकाले यस अघि नै प्रेस वक्तव्य जारी गर्दै भुकम्प पिडित लाई रु. दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।