आज यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति देशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सेतोपाटी वाट साभार

error: Content is protected !!