नवलपुर जिप दुर्घटना अपडेट मृत्यु हुनेको संख्या सात पुग्यो, ६ को सनाखत

नवलपरासी बर्दघाट सुस्तापूर्वमा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनको संख्या सात पुगेको छ । जिपमा सवार सबै सातजनाको मृत्यु भएको हो । ६ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ८ मुन्डेमा ग १ ज  ३२७० नम्बरको जिप दुर्घटना भएको थियो  बुलिङटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप देवचुली– ९ गोरेघुम्तीको एस मोडमा अनियन्त्रित भई एक्कासि घरमा ठोक्किन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा नवलपुर बौदीकाली गाउँपालिका– ६ मझडाँडा घर भएका जिपचालक अन्दाजी २९ वर्षीय छनबहादुर आले, लाहटे बस्ने ५२ वर्षीया कुमारी राना, माझडाँडा बस्ने ५५ वर्षीय टेकमान वानटक्की छन् । यस्तै, बुलिङटार गाउँपालिका– ४ चुलिवोझ बस्ने १२ वर्षीया करिश्मा ठाडा, अन्दाजी ४०,४५ की कमला वानटक्की र मध्यविन्दु नगरपालिका– २ मदनपुर बस्ने १८ वर्षीय चिरन अर्यालको पनि ज्यान गएको छ । बाँकी १ जनाको सनाखत हुन बाँकी छ । ६ जनाको शव मध्यविन्दु जिल्ला अस्पताल डन्डमा राखिएको छ भने चिरनको शव पुरानो मेडिकल कलेज भरतपुरमा रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका चिरनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा दिउँसो दुई बजेर २० मिनेटमा मृत्यु भएको हो ।
नयाँ पत्रिकावाट साभार

error: Content is protected !!