नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा आइतबार दुर्घटनामा परेको जिप । तस्वीरः रासस२६ कात्तिक, काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।

अनलाईन खबर बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!