कालिकोटको जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ।


कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा न. ३ फोईमहादेवमा कार्तिक २१ गते बाट संचालन भएको जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ खेल क्षेत्रको पहिचान जोगाउने, असल खेलाडिहरुको जागृत गर्ने र खेल जगतलाई विश्वमा चिनाउने उदेश्यले जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको आयोजना गरिएको थियो । यही कार्तिक २१ गते कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा प्रतिनिधि सभा सदश्य माननिय महेन्द्र बहादुर शाही पुगेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगीतामा कालिकोट जिल्लाका ९ वटै स्थानिय तहहरुको प्रतिनिधित्व रहेको थियो भने विभिन्न प्रतिस्पर्धात्मक खेलहरु प्रर्दशन गरिएका थिए । ४ दिन सम्म संचालन भएको रनिङ्ग शिल्ड प्रतियोगीता आज पचालझरना गाउँपालिका लाई आगामी बर्षको लागी झण्डा हस्तान्तरण गर्दै रनिङ्ग शिल्ड प्रतियोगीता सम्पन्न भएको जिल्ला खेलकुद विकाश समिति अध्यक्ष गणेश बहादुर शाही (बिद्रोही) ले जानकारी दिनुभएको छ ।

जसमा तिलागुफा नगरपालिका १७ स्वर्ण, १२ रजत र ३ कांस्य सहित प्रथम भएको छ । यस्तै खाडाचक्र नगरपालिका ४ स्वर्ण ८ रजत र ३ कांस्य सहित दोस्रो, राष्कोट नगरपालिका ४ स्वर्ण,३ रजत र २ कांस्य सहीत तेस्रो, यस्तै क्रमस नरहरिनाथ गाउँपालिका चौथो, पचालझरना गाउँपालिका पाचौं , र महाबै गाउँपालिका छैठौ स्थानमा रहेका वताईएको छ ।

error: Content is protected !!