विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश अफगानिस्तान बाहिरियो

एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकालेको छ।भारतको अहमदाबादमास्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले साउथ अफ्रिकालाई जितका लागि २ सय ४५ रनको लक्ष्य दिएको थियो । जसमा १५ बल बाँकी छँदै दक्षिण अफ्रिकाले जित हासिल गर्यो । हारसँगै अफगानिस्तानको विश्वकप यात्रा समाप्त भएको छ । अफगानिस्तानलाई सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न कम्तीमा ४३८ अन्तरको जितको आवश्यकता थियो। अब चौथो सेमिफाइनल टिमका लागि न्यूजिल्याण्ड र पाकिस्तान खेल्नेछन्। भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।

थाहा खवरवाट साभार

error: Content is protected !!