कालिकोट । यही कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र विन्दु बनाई गएको विनासकारी भुकम्पले गरेको क्षतीलाई मध्यनजर गर्दै कालिकोट जिल्लाको महावै गाउँपालिकाले रु. दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । आज प्रेस वक्तव्य जारी गर्दै गाउँपालिकाले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहद्धारा जारी प्रेस वक्तव्यमा भुकम्पले जाजरकोट , रुकुम पश्चिम र आसपासका क्षेत्रमा ठुलो धनजनको क्षति गरेको घटनाले दुखित तुल्याएको छ । भुकम्पमा परि नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह सहित १५७ भन्दा बढि व्यक्तिको ज्यान गएको र कम्तिमा ३७५ जना घाईते भएकोमा महावै गाउँपालिकाले मृर्तक हरु प्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाईते हरुको शिघ्रस्वास्थ लाभको कामना गर्दछ । उक्त बिज्ञेप्तिमा भनिएको छ । भुकम्प पछिको जनजीवनलाई सामान्य बनाउनका लागि संघीय सरकार, प्रदेश सरकार लगायत सरकारी तथा गैरसरकारी संघसस्थाहरुले आ–आफ्नो स्तरबाट उद्धार राहात तथा पुन स्थापना कार्यमा जुटिरहेका छन् । विपतको समयमा सहयोग गर्नु मानविय धर्म तथा कर्तव्य भएकोले भुकम्पले क्षति पुगाएको क्षेत्रमा राहात तथा पुनःनिर्माण अभियानमा सहयोग स्वरुप महावै गाउँपालिकाको तर्फ बाट रु. दुई लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गर्दछौ । साथै भुकम्प प्रभावितहरुका लागी राहात तथा पुन स्थापना अभियानमा योगदान गर्न संसारभर जुनसुकै ठाउँमा रहेका नेपाली दाजु भाई , दिदि बहिनी हरुलाई अपिल गर्दछौ । जाजरकोट र रूकुम पश्चिममा भुकम्प पिडितका लागी कालिकोटको महावै गाउँपालिकाले २ लाख रकम सहयोग गर्ने भएको छ । बिपतका वेला समस्यामा परेका पिडितको लागी सानो भएपनि राहत स्वरूप सहयोग गर्ने गाउँपालिले बिज्ञप्ति मार्फत घोषणा गरेको छ ।