भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

बुटवल । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ ।कोषको सचिवालय बैठकले भूकम्प पीडितको राहत र उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।शाक्यका अनुसार कोषका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्ने छन् ।

रातो पार्टि बाट साभार

error: Content is protected !!