कर्णालीका प्रदेश प्रमुख परियार पनि भूकम्प प्रभावित क्षेत्रमा

 

जाजरकोट । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार पनि भूकम्पबाट प्रभावित क्षेत्रमा पुगेका छन्। आज परियारले प्रभावित क्षेत्र अन्तर्गत जाजरकोट सदरमुकाम खलंगाकाे बस्तीहरूको निरीक्षण गरेका हुन् ।प्रदेश राजधानी वीरेन्द्रनगरबाट गाडीमा त्यहाँ पुगेका‌ उनी प्रभावित बस्तीमै पुगेर नागरिकलाई सान्त्वना दिएका थिए । त्यस्तै भूकम्पमा परी घाइते भएकाहरूलाई जिल्ला अस्पताल जाजरकोटमै पुगेर परियारले स्वास्थ्य अवस्थाबारे बुझेका थिए । परियार समक्ष पीडितहरूले राहतको विषयमा गुनासो सुनाएका थिए ।यसक्रममा कर्णाली प्रदेश सरकारलाई भूकम्पबाट पीडित भएकाहरूको यकिन रूपमा विवरणको तथ्य निकालेर पीडित घर-परिवारलाई राहत प्रदान गर्नमा जोड दिइने परियारले बताए । परियारले राहत प्रदान तथा वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने बताए । साथै उनले विपद्मा सबै तहका सरकारहरू एक ठाउँमा उभिएर लाग्नुपर्ने सुझाव पनि दिए। यतिबेला सिंगाे कर्णालीको मन्त्रिपरिषद् नै प्रभावित क्षेत्रमा खटिएको छ।

रातो पार्टि बाट साभार

error: Content is protected !!