तिलागुफा नगरपालिका मा जिल्ला स्तरिय १४ औँ राष्टपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन ।।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका मा जिल्ला स्तरिय १४ औँ राष्टपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ खेल क्षेत्रलाई दिगोपना गराउने र खेलाडिहरुको प्रतिस्पर्धा गराउने उदेश्यले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको हो । जिल्ला खेलकुद विकास समिति कालिकोटको आयोजना तथा फोई महादेव माध्यामिक विधालय फोईकोट को सहजिकरणमा तिलागुफा नगरपालिका वडा नं ३ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाहिको सभाअध्यक्षता , कर्णालि प्रदेशका प्रथम मुख्य मन्त्री एवम प्रतिनिधिसभा सदस्य महेन्द्र बहादुर शाहिको प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य दुर्ग बहादुर रावत , प्रदेश सभा सदस्य हिक्मत बहादुर विष्ट ,कर्णालि प्रदेश सदस्य सचिव खेलकुद विकास समिति परिषद्का विश्वमित्र संज्याल , जिल्ला समन्वय समिति सदस्य धनजित शाहि लगायत विभिन्न राजनिति दलका प्रमुख प्रतिनिधि , विभिन्न सरकारि तथा गैरसरकारि संघसस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक विधार्थि, नागरिक समाज , पत्रकार सुरक्षाकर्मी सम्पुर्णको उपस्थीतिमा प्रतियोगिताको उद्घाटन गरिएको बताईएको छ । प्रतियोगितामा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि महेन्द्र बहादुर शाहिले कर्णालि प्रदेशलाई अन्तराष्ट्रीय स्तरमा चिनाउनको लागि कर्णालिका १० वटै जिल्लामा खेलकुद रंग शाला निमार्ण गर्ने र ७९ वटै पालिकाहरुमा खेलमैदान निमार्ण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सो प्रतियोगितामा कालिकोट जिल्लाका ९ वटै स्थानिय तहका खेलाडी हरुको सहभागिता रहेको आयोजक ले जनाएको छ ।, उद्घाटनको पहिलो दिन मंगलबार १५ सयको दौड प्रतियोगिता भएको छ । जसमा छात्रा तर्फ प्रथम तिलागुफा नगरपालिका द्धतिया तिलागुफा नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाले तृतिया स्थान हासिल गरेको छन् । त्यस्तै छात्र तर्फ खाडाचक्र नगरपालिकाले प्रथम , तिलागुफानगरपालिकाले द्धतिया र तिलागुफा नगरपालिकाले तृतिया स्थान हासिल गरेको छन् । २१ गते बाट संचालन गरिएको उक्त प्रतियोगिता कार्तिक २३ गते सम्म संचालन हुने हाम्रा सहकर्मि साथि डम्मर शाहिले बताउनु भएको छ ।

error: Content is protected !!