योगि नरहरिनाथ आधारभुत अस्पताल घोषणा कार्यक्रम सम्पन्न

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा योगि नरहरिनाथ आधारभुत अस्पताल घोषणा गरिएको छ । नरहरिनाथ गाउँपालिकाको आयोजनामा एक कार्यक्रमका बीच सो अस्पतालको घोषणा गरिएको हो । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिस्ट को सभाअध्यक्षता, कर्णाली प्रदेश सरकारका अर्थमन्त्री वेदराम सिँहको प्रमुख आतिथ्यतामा अस्पतालको घोषणा एवम् स्तरोन्नति गरिएको बताइएको छ । विगत केहि वर्ष यता विवादित रहेको १५ सैयाको अस्पताललाई नामाकरण गरिए सँगै अब अस्पतालले पुर्णता पाउने गाउँपालिका अध्यक्ष विष्टले बताउनु भयो । उहाँका अनुसार प्राथामिक स्वास्थ्य केन्द्र कुमाल गाउँ रहेको ठाउँमा नै १५ सैयाको योगि नरहरिनाथ आधारभुत अस्पताल बन्ने बताइएको छ । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय कालिकोटका स्वास्थ्य अधिकृत कटक महत, लगायत विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थीतिमा सो कार्यक्रम सम्पन्न गरिएको बताईएको छ ।

error: Content is protected !!