सयपत्री फूलको खेती बढ्दै, चाँडै फुलेका फूल एक हप्तासम्म भण्डारण गर्न सकिने

sf7df8f}F, !@ sflQs M km"nv]tL sf7df8f}Fsf] gfufh{'g gu/kflnsf–^ l:yt Orªu'df ls;fgn] u/]sf] Jofj;flos km"nv]tLdf 9sdSs km'n]sf] km"n . tl:a/M xl//fd e]6'jfn÷/f;;

काठमाण्डाै – तिहार नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा सयपत्री, मखमली र गोदावरी फूल ढकमक्क फुल्न थालेका छन् । तिहारमा विशेष गरेर सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग हुन्छ । त्यसमा पनि सयपत्री फूलको प्रयोग बढी हुन्छ ।मखमली र गोदावरी फूल स्वदेशकै उत्पादनले पुग्ने भए पनि सयपत्री फूल भनेर भारतबाट समेत आयात हुने गरेको छ । तर बर्सेनि सयपत्री फूलको खेती बढ्दै गएकाले आयात घट्न थालेको फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल (फ्यान) ले जनाएको छ ।फ्यानका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यसवर्ष मागको ८० देखि ८५ प्रतिशत सयपत्री फूल स्वदेशी उत्पादनले पुग्ने सम्भावना छ । देशभित्रै खेती विस्तार भएकाले सयपत्री फूलको मागअनुसार उत्पादन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।यसैबीच यस वर्ष तिहार ढिलो भएका कारण कतिपय ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् ।चाँडै टिप्नुपर्ने सयपत्री फूल बढीमा एक हप्तासम्म मात्रै भण्डार गर्न सकिने व्यवसायीहरु बताउँछन् । फ्यानका अध्यक्ष तामाङले कोल्डस्टाेरमा बढीमा ५ देखि ७ दिनसम्म मात्रै फूल भण्डारण गर्न मिल्ने बताउनुभयो । चाँडै फुलेका फूल बिक्री गर्नुपरेमा फ्लोरिकल्चर सहकारी संस्थाले पनि सहयोग गर्ने भएकाले सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

उजालो रेडियो बाट साभार

error: Content is protected !!