कालीकोेट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं–९ पाँखाको जनज्योति माध्यमिक विद्यालयमा डिआर कर्णाली हेल्थ अस्पतालले निःशुल्क स्वास्थ्य सेवा आरम्भ गरेको छ । नगरपालिकाका नागरिकहरुलाई आइपर्ने स्वास्थ सम्बन्धि समस्यालाई मध्यनजर गर्दै उक्त समस्याहरुको समाधान गर्न तथा चौथो राष्ट्रपति रनिङ शिल्डका विधार्थिहरुलाई आईपर्ने स्वास्थ्य सम्बन्धी समस्याहरुको समाधान गर्ने उदेश्यले डिआर कर्णाली हेल्थ अस्पतालले निःशुल्क स्वास्थ्य सेवाको आरम्भ गरेको हो ।कालीकोट जिल्लामा निरन्तर सेवा दिँदै आएको डिआर कर्णाली हेल्थ अस्पतालले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न हुँदा सम्म निःशुल्क स्वास्थ्य सेवा दिने र खेल सम्पन्न भईसकेपछि नागरिकहरुको सेवामा समर्पित हुने । डिआर कर्णाली अस्पताल कालीकोटका स्वास्थ्य कर्मि सिमा शाहिले बताउनु भएको छ । निःशुल्क स्वास्थ्य शिबिरको लागि सामाजिक कार्यकर्ताअधिवक्ता हंष् बहादुर मल्ल, वडा नम्बर–७ का अध्यक्ष दिपबहादुर कार्की, वडा नम्बर – ८ का अध्यक्ष नन्द बहादुर मल्ल, वडा नम्बर–९ का वडा अध्यक्ष बिरजित बिष्ट भू. पु. सभापति दिप बहादुर शाही ,डा. अनिल भुसाल, जर्मा कुमारी शाही, स्वास्थ्य कर्मी शोभा बोगटी, स्वास्थ्य कर्मी टेकराज शाही लगायतको संयोजकत्वमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको डिआर कर्णाली हेल्थ अस्पतालका एमबिबिएस डाक्टर अनिल भुसालले जानकारी दिनुभयो । डा. भुसालका अनुसार डिआर कर्णाली अस्पतालले यसअघि पनि कालीकोटका विभिन्न ठाउँहरुमा निरन्तर निःशुल्क स्वास्थ्य सेवा दिइरहेको बताउनुभयो ।