कालिकोट जिल्लाको महावै गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ महावै गाउँपालिकाको कालिका मा.वि गेलामा रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो । खेल प्रेमीहरुको वृद्धि विकास सँगै खेल जगतको क्षेत्रमा टेवा पु¥याउने उदेश्यले प्रतियोगिताको उद्घाटन गरिएको आयोजक समितिले जनाएको छ । महावै गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष शिवराज जैसि (रविकिरण)को सभाअध्यक्षता कर्णालि प्रदेश सभा सदस्य माननिय दुर्ग बहादुर रावतको प्रमुख आतिथ्यता , नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य सर्पराज सिंहको विषेश आतिथ्यता गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल ,चित्रसिंह गाउँले मनराज शाहि, लगायत जनप्रतिनिधि सम्पुर्ण राजनिति दल नागरिक समाज शिक्षक विधार्थि अभिभावक सम्पुर्णको उपस्थीतिमा प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिका खेलकुद विकास समितिले जानकारि दिएको छ । उक्त प्रतियोगितामा ६ वटा विधालयका खेलाडि हरुको सहभागीता रहेको वडा अध्यक्ष जैसिले बताउनु भएको छ । प्रतियोगितामा उपस्थीत अतिथिहरुले प्रतियोगिता सफल्ताको शुभकामना दिनुभएको थियो । साथै आजै पुर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष चर्तुभुज शाहिको शालिक अनावरण गरिएको छ ।
अघिल्लो वर्ष रनिङ शिल्डकै क्रममा उहाँको असमायिक निधन भएका ले शालिक अनावरण गरिएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भएको छ । वि.व्य.स. अध्यक्ष शाहिले विगतका वर्षहरुमा खेलकुद क्षेत्रमा ठुलो योगदान पु¥याएको हुनाले उहाँको सम्झनामा शालिक राखिएको अध्यक्ष सिंहले बताउनु भएको छ ।