करिब पाँच दशकपछि नार्कबाट मलको मात्रा सिफारिस, कुन बालीमा कति मल हाल्ने ?

काठमाडौँ । नेपालमा करिब पाँच दशकपछि धान, मकै र गहुँबालीका लागि स्थान विशेष रासायनिक र प्राङ्गारिक मल सिफारिस भएको छ । माटोको उर्वरता र यी तीन बालीको उत्पादनको आधारमा ठाउँअनुसार मलको मात्रा फरक–फरक सिफारिस गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।बालीविरुवाबाट धेरै उत्पादन लिन थोरै मात्रामा मल प्रयोग गर्दा बढी उब्जनी हुने गरी अत्याधुनिक प्रविधि र विभिन्न रसायनको सम्मिश्रणबाट तयार गरिएका पदार्थलाई रासायनिक मल भनेर बुझिन्छ ।नेपालमा सन् १९७६ मा पहिलो पटक माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले बालीको लागि मलको मात्रा सिफारिस गरेको थियो । सोही मात्राअनुसार कृषकले विगत ४७ वर्षदेखि मल प्रयोग गर्दै आएका छन् ।तर, पछिल्लो समय बढ्दो कृषि प्रविधिअनुसार मलको मात्रा पनि फरक पर्ने भन्दै नार्कले धान, मकै र गहुँबालीका लागि स्थान विशेषअनुसार मलखाद सिफारिस गरेको हो । यी बालीका लागि स्थानीय माटोको उर्वरा शक्ति र हालको उत्पादनलाई ध्यान दिई स्थान बिशेष मलखाद सिफारिस गरिएको हो । हावापानी र जातअनुसार फरक–फरक मात्रा सिफारिस गरिएको छ ।पूर्बी तराईको झापा, मोरङ र सुनसरीमा धान खेती गर्दा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने नार्कले जनाएको छ । यस्तै, फस्फोरस ४० किलो र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा धान बाली लगाउँदा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने हुन्छ भनेफस्फोरसर पोटास ४०-४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासीमा नाइट्रोजन एक सय ३० किलो मल प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । फस्फोरस ४० किलो प्रतिहेक्टर र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।उता, सुदूरपश्चिम बाँकेदेखि कन्चनपुर सम्मको क्षेत्रमा नाइट्रोजन एक सय किलो मल प्रतिहेक्टर प्रयोग गर्ने । यस्तै, फस्फोरस र पोटास प्रतिहेक्टर ३०-३० किलो प्रयोग गर्नुपर्ने उल्लेख छ ।भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर जिल्लामा धानका लागिनाइट्रोजन एक सय २५ किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । त्यस्तै, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।पहाडी क्षेत्रका धान बालीमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । फस्फोरस र पोटास ३०-३० किलो प्रतिहेक्टर प्रयोग गर्नेनार्कले सिफारिस गरेको छ ।सबै क्षेत्रमा रोपिने वर्णशकंर धान बालीको लागिनाइट्रोजन एक सय ५० किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । फस्फोरस ५० किलो र पोटास ६० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।मुलुकभरका धान बालीमा जिंक दुईदेखि तीन किलो प्रतिहेक्टर प्रयोग गर्न उल्लेख छ । सबै क्षेत्रका धान बालीमा बोरोनको मात्रा भने प्रतिहेक्टर एक किलो हाल्न सकिने नार्कले जनाएको छ ।

रातो पार्टि बाट साभार गरिएको हो ।

error: Content is protected !!