
कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा विजया दशमि तथा शुभदिपावलिको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा कम्युनिष्ट पार्टी एमाले जिल्ला समिति कालिकोटको आयोजनामा विभिन्न राजनिति दलका आस्थावान नेता कार्यकर्ता विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी, पत्रकार बिच शुभकामना आदान प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष जसि प्रसाद पाण्डेको सभाअध्यक्षता , पार्टीका केन्द्रीय सल्लाहाकार धिर बहादुर बमको प्रमुख आतिथ्यता ,पार्टीका प्रदेश कमिटी उपसचिव रमेश कुमार शाहिको विषेश आतिथ्यता, पार्टिका प्रदेश कमिटि सदस्य कृष्ण प्रसाद आचार्य, नेपालि कांग्रेश जिल्ला कार्य समितिका उपसभापति मनराज शाही, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य धर्मराज शाही (सुमन) , प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी जिल्ला प्रहरि कार्यलयका प्रहरी नायव उपरीक्षक अर्जुन केसि लगायत सम्पुर्ण राजनिति दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न सरकारि तथा गैरसरकारि संघसस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज पत्रकार, सम्पुर्णको उपस्थीतिमा कार्यक्रम संचालन गरिएकोे थियो । शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो भनाई राख्दै, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सामाजिक सद्भाव भाईचाराको सम्बन्ध कायम गर्नका निमित्त सम्पुर्ण राजनिति दलहरु एकै ठाउँमा गोलबद्ध भई जिल्लामा रहेका सम्पुर्ण दाजुभाई तथा दिदि बहनिहिरुमा सुख, शान्ती, समृद्धिको लागी यसरी शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै कार्यक्रममा महत्वपुर्ण भनाई राख्दै विषेश अतिथि रमेश कुमार शाहिले पछिल्लो समय भ्रष्टचार व्यापक मात्रामा रहेको वताउनुभयो साथै संविधान र संघिय गणतन्त्र माथि विभिन्न ढंगले प्रहार गरेर यो व्यवस्था र सिद्धान्त प्रतिविरोधिहरुले विभिन्न इसुलाई अगाडि बढाएर ओझेल पार्ने काम भएको वताउनु भयो । त्यसैले तिनै तहका सरकारले आयको श्रोत र साधन हरुलाई अधिकतम रुपले समाजमा रहेका तल्लो वर्गलाई पुगाएर लोकतन्त्रको अनुभुति दिलाउने काम गर्नु पर्ने सुझाव समेत दिनुभएको छ । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि धिर बहादुर बमले असत्य माथि सत्यको विजयी भन्ने परम्परागत मान्यता बोकेको हिन्दुहरुको महान चाँड विजया दशमि तथा शुभदिपावलीका साथै छर्ट पर्वको शुभकामना व्यक्त गर्नु भएको छ ।

साथै उहाँले सबैको आस्थाको कदर भनेको एउटा सभ्य समाजको कर्तव्य हुन्छ सबै धर्म सबै आस्था सबै पेसा हाम्रो लागि समान छन् भन्दै सामाजिक सद्भाव र सभ्यताको लागि विजया दशमि तथा शुभदिपावलीको मात्र शुभकामना नदिएर तराईका जिल्लामा मनाईने छर्ट पर्वको समेत शुभकामना दिईएको बताउनु भएको छ । त्यस्तै कार्यक्रम समापन सत्रमा आफ्नो भनाई राख्दै कार्यक्रमका सभाअध्यक्ष जसि प्रसाद पान्डेले जनताको घरघरमा गएर उनिहरुको समस्याको पहिचान गरि सहयोग गरेर अगाडी बढ्न नेताहरुलाई सुझाव दिनुभएको छ ।

साथै नेकपा एमाले पार्टीले आयोजना गरेको कार्यक्रमा आफ्नो महत्वपुर्ण समयलाई प्रवाह नगरिकन निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएकोमा सम्पुर्ण अतिथि महानुभावहरुलाई पार्टिको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।





