
कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा विजया दशमि तथा शुभदिपावलिको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादि केन्द्र खाडाचक्र नगरपालिका जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा विभिन्न राजनिति दलका आस्थावान नेता कार्यकता विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी पत्रकार बिच शुभकामना शुभकामना आदान प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । नेकपा माओवादी केन्द्र जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईको सभाअध्यक्षता , पार्टी केन्द्रीय एवम् पुर्व सामान्य प्रशाशन मन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता ,पार्टी केन्द्रीय सदस्य प्रथम मुख्यमन्त्री एवम प्रतिनिधिसभा सदस्य माननिय महेन्द्र बहादुर शाहिको विषेश आतिथ्यता , प्रदेश समिति सचिव एवम् कालिकोट जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहि ,नेपालि कांग्रेश प्रदेशकार्य समिति सदस्य सविन विष्ट, नेकपा एमालेका जिल्ला पार्टि अध्यक्ष जसि प्रसाद पाण्डे, खाडाचक्र नगर उपप्रमुख गणेश बहादुर शाहि , समाजवादि पार्टिका लाल बहादुर मल्ल, जनता समाजवादि पार्टिका माधव प्रसाद उपाध्याय ,नेमकिपाका पार्टी प्रतिनिधि, राष्ट्रिय जनमोर्चा का पार्टि प्रतिनिधि, प्रमुख जिल्ला अधिकारि जोरासिंह माझी जिल्ला प्रहरि कार्यलयका प्रहरी नायव उपरीक्षक अर्जुन केसि लगायत विभिन्न सरकारि तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि , विभिन्न भातृसंगठनका प्रमुख प्रतिनिधि, पत्रकार नागरिक समाज संचारकर्मी सम्पुर्णको उपस्थीतिमा कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमको संचालन पार्टीका नगरकमिटी अध्यक्ष मिम बहादुर कार्कीले गर्नु भएको थियो शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो भनाई राख्दै उपस्थित सम्पुर्ण अतिथीहरुले चाडपर्वलाई भड्कीलो हुन वाट रोक्नु पर्नेमा जोड दिनुभएको थियो साथै कार्यक्रममा आफ्नो धारणा राख्दै कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सवैजना मिलेर कालिकोटमा निमित्तका भरमा कार्यालय चल्ने परमपराको अन्त्य नर्गुपनेमा जोड दिनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै विषेश अतिथि माननिय महेन्द्र बहादुर शाहिले नेकपा माओवादि पार्टिले आफ्नो धर्म प्रति विचार व्यक्त गर्दै बहु भाषा बहुधर्म संस्कृति र रितिरीवाज हरुको उच्च सम्मान गर्दै सबैको अस्तीत्व आवश्यक छ भन्ने विचार पार्टिले व्यक्त गरेरै संविधानको व्यवस्था गरेको बताउनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पुर्व सामान्य प्रसाशन मन्त्री टेक बहादुर बस्नेतले नेपालमा उत्पन्न भएका सबै नकरात्मक सोचहरु खारेज गर्दै नयाा सोचहरुको केन्द्रीकरण गर्नको लागि शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

यस्तै उहाँले राजनिति संस्कार पनि विस्तार गर्दै जानु पर्ने बताउनु भएको छ । उक्त कार्यक्रमको समापन गर्दै सभाअध्यक्ष तथा पार्टि जिल्ला संयोजक लक्ष्मी प्रसाद चोलागाईल कालिकोटका सम्पुर्ण राजनिति दल कार्यलय प्रमुखहरु सुरक्षा कर्मि, सञ्चार कर्मि ठाउँमा उभियर भावनात्मक एकता र जिल्लाको विकास सम्बन्धमा एकिकृत दृष्टीकोण भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।






