मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन ४८ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन ४८ सांसद पुगे प्रदेश प्रमुखको कार्यालयविराटनगर । कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू हुल बाँधेरै प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरुले हस्ताक्षर बुझाएका थिए । तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उनीहरु दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् । यसैबीच कार्कीले दुईजना कांग्रेस सांसद थपिएको दाबी गरेका छन् । उनले नाम भने उल्लेख गर्न चाहेनन् ।

रातो पार्टि बाट साभार गरिएको हो ।

error: Content is protected !!