काठमाडौं स् नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने भएका छन् ।बिहीबार राति सामाजिक सञ्जालमा लेखेर उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफूले आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् । ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु।’ उनले भनेका छन्, ‘मैले अहिलेसम्म पाएको शुभकामना र आशीर्वादका लागि धन्यवाद दिन चाहन्छु ।’
थाहा खबर बाट साभार गरिएको हो