कालीकोट– विजया दशमी तथा शुभदिपावलीको अवसरमा महावै गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले बक्तित्वकला प्रत्योगिता कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख परेक बहादुर शाहिको सभाअध्यक्षता, महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहको प्रमुख आतिथ्यता , कालिका मा.वि. गेलाका प्र.अ. दिपराज शाहिको विषेश आतिथ्यतामा वक्तत्वकला आयोजना गरिएको थियो । इको हिमाल नेपालको आर्थिक सहयोगमा शाखाले संविधानका मौलिक हक र नागरिक कर्तब्यका बिषयमा माध्यामिक बिद्यालय स्तरिय बक्तित्वकला प्रत्योगिता कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिका भित्रका ६ वटा माध्यामिक बिद्यालय सहभागी भएका छन् ।छात्रा तर्फ अस्मिता सिंह प्रथम, समिक्षा सिंह दृतिय, विनिता सिंह तृतीय र सम्झना सुनारले सान्त्वना स्थान हासिल गरेका छन् । त्यस्तै छात्र तर्फ सुशिल भट्टराई प्रथम, नरेश कठायत दृतीय, टोपन्द्र शाही तृतीय र गोबिन्द सिंहले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा शिक्षक, बिद्यार्थी, अभिभावक र सहयोगी संस्थाका कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रमाण पत्र र पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रम तिला नमुना माध्यामिक बिद्यालय गैराखाडामा गरिएको थियो ईको हिमालका फिल्ड प्रमुख तथा प्राविधिक रेशम अधिकारिले जानकारि दिनु भएको थियो ।