कृषिको लगानिमा जोड दिदै शिखर इन्स्योरेन्स नगरपालिकालाई दश लाखको आर्थिक सहयोग ।।

कालिकोट – जिल्लाको रास्कोट नगरपालिकालाई कृर्षि लगानिमा जोड दिदै शिखर इन्स्योरेन्स कम्पनीले दश लाखको आर्थिक सहयोग गरेको छ । नगरपालिकाले ले संचालन गरेको एक घर एक ओखर कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि केही आर्थिक सहयोग गरेको हो । किसानमैत्री कार्यक्रमलाई नतिजामुखी र सफल बनाउनका लागि शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश कार्यालयका प्रमुख गणेश जोशीबाट नगर प्रमुख धर्मराज शाहीलाई दश लाख ७८ हजारको चेक हस्तान्तरण गरिएको शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डेले जानकाकारी दिनुभयो । नगरपालिकाले संचालन गरेको ओखर खेतीबाट यहाँका किसानलाई राहत पुगोस् भनेर शिखर कम्पनीले नगरपालिलाका मार्फत ओखर खेती गर्ने किसानलाई आर्थिक सहयोग गरेको प्रदेश इन्चार्ज पाण्डेको भनाइ रहेको छ । नगरपालिका नौ वटै वडामा यो वर्षबाट एक घर एक ओखर कार्यक्रम लागु गरी संचालनमा आएको नगर प्रमुख धर्मराज शाही –पोषण) ले बताउनु भएको छ ।

error: Content is protected !!