ओदा फाउन्डेशन नेपालको वार्षिक साधारण सभा सम्पन्न ।।

कालिकोट जिल्लाको महावै गाउँपालिकामा ओदा फाउन्डेशन नेपालको नौ औ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । ओदा फाउन्डेशन नेपालका अध्यक्ष मिम बहादुर कार्किको सभाअध्यक्षता, महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह –भिजनको) प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका सदस्य विर बहादुर रावत , महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल गाउँपालिका प्रथम उपाध्यक्ष मनराज शाहिको विषेश आतिथ्यतामा कार्यक्रमको संचालन गरिएको थियो । कार्यक्रममा समाजमा आधारित विभिन्न खाले साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो । वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९÷८० को स्वास्थ्य तर्फको प्रतिवेदन ओदा फाउन्डेशनका ल्याप टेक्निसियन प्रकाश बहादुर शाहि, शिक्षा विभाग तर्फ वार्षिक प्रतिवेदन शिक्षा संयोजक अनिल दहाल, प्रशाशन विभाग तर्फको वार्षिक प्रतिवेदन प्रशाशकिय अधिकृत टंक प्रसाद चौलागाईले पेस गर्नु भएको थियो । उक्त सभामा फाउन्डेशनको सम्पुर्ण आय ब्याय र वार्षिक अडिट रिर्पाेटर, आगामि आर्थिक वर्ष २०८०÷८१ मा फाउन्डेशनले गर्ने काम र प्रस्तावित बजेटको बारेमा लेखा अधिकृत अभिनास गुप्ताले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन ओदा फाउन्डेसनका म्यानेजिंग ड्राईरेक्टर राज कुमारि दुराले गर्नु भएको थियो ।

फाउन्डेसनको वार्षिक साधारण सभामा सम्पुर्ण अथितिहरुले शुभकामना मन्तव्य राख्दै संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा थप सेवा प्रवाह गर्नुपर्ने जोड दिनु भएको थियो । यस्तै कार्यक्रममा फाउन्डेशनका संस्थापक(CEO) करन सिंहले सस्थाको कामको सिलसिलामा भारतमा रहेको भौतिक रुपमा उपस्थीत हुन नसकेपनि सामाजिक संजाल मार्फत अतिथिलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । सभामा बोल्दै विषेश अतिथि गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले गाउँपालिका नागरिकहरुको लागि सस्थाले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै साधारण सभाको समापन सत्रमा बोल्दै प्रमुख अथिति गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले आगामि दिनमा संस्थाको आवश्यक जुनसुकै कार्यको लागि सहयोग गर्न गाउँपालिका सरकार र आफु तयार हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । अन्त्यमा सभाको समापन गदै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष मिम बहादुर कार्किले संस्थालाई अगाडि बढाउनको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा वडा सदस्य हरु सम्पुर्ण राजनिति दलका प्रमुख तथा प्रतिनिधिहरु सम्पुण विधालयका वि.व्य.स अध्यक्ष र शिक्षक हरु पत्रकार, ओदा फाउन्डेसनका सम्पुर्ण कर्मचारि हरु वुद्धिजिवि बर्गहरु अभिभावक विधार्थि लगायतको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!