डि.आर.कर्णाली हेल्थ अस्पताल द्धारा निशुल्क स्वास्थ शिविर सम्पन्न ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । डि.आर.कर्णाली हेल्थ अस्पतालद्धारा गाउँपालिकाको वडा नं ४ को स्वास्थ्य चौकी राराकाटियामा  स्वास्थ्य शिविर सन्चालन गरीएको थियो । उक्त निशुल्क स्वास्थ्य शिविरमा एक सय जना महिला पच्चीस जना पुरुष र पच्चीस जना वालवालिका गरी जम्मा एक सय पचास जनाले सेवा लिएको डि.आर.कर्णाली हेल्थकी एम.बि.यस जर्मा शाहीले वताउनु भएको छ । डि.आर.कर्णाली हेल्थ अस्पतालका सन्चालक तथा भुपु सभापति दिप वहादुर शाही, डाक्टर अनिल भुसाल, स्वास्थ्य चौकी प्रमुख खगेन्द्र प्रसाद चौलागाई, वडा नं ४ का वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाई स्वास्थ्यकमीहरु टेकराज शाही, शोभा वोगटी, शिमा शाही लगायतको उपस्थितिमा स्वास्थ शिविर सम्पन्न भएका वताइएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ मान्म वजारमा सन्चालनमा आएको डि.आर.कर्णाली हेल्थ अस्पतालले जिल्लाका विभिन्न स्थानिय तहहरुका एम.बि.बि.यस डाक्टरको टोली सहित सेवा दिदै आइ रेहेका छ । डि.आर.कर्णाली हेल्थले सन्चालन गरेको यो पाचौँ सिविर हो । अछिल्लो समय मौसममा परिवर्तन आय संगै जिल्लामा भाइरल ज्वरोका विरामीहरु दिन प्रतिदिन वढ्दै गइरेका छन कतिपय ठाउँमा त विरामिहरुले सिटामोल पनि नपाउने अवस्था रहेको छ त्यसैले यसरी आफ्नै टोल टोलमा गएर निशुल्क सेवा लिन पाउदा नागरीकहरु पनि अत्यन्तै खुसि भएका छन । स्थानिय सरकार, विद्यालयहरुले समन्वयन गरे आगामि दिनमा पनि निशुल्क स्वास्थ शिविर निरन्तर अगाडि वढीरहने अस्पतालका संचालक तथा भुपु सभापति दिप बहादुर शाहीको भनाई रहेको छ ।

error: Content is protected !!