कालिकोट । जिल्लाको महावै गाउँपालिका पोषण शाखामा कार्यरत कर्मचारी दर्न दमाइले नक्कली भरपाई वनाई रकम असुली गरेका छन । उनले आर्थिक वर्ष २०७८÷७९ मा साठी हजार र आर्थिक वर्ष २०७९÷८० मा साठी हजार गरी जम्मा एक लाख विस हजार रुपैया ठगि गरेको पाइएको छ । रेडियो शुभकालिकामा काम गर्ने कर्मचारी मयाराम आचार्यको नाममा भरपाई गरी ६० हजार रकम महाँबै गाँउपालिका बाट भुक्तानी लिएको पाईएको छ । गाँउपालिकामा पोषण स्वयमसेबकको रुपमा कामगरीरहेका दमाइले दुई आर्थिक वर्षमा यसरिनै भरपाई बनाएर लिएको स्विकार गरेका छन् । उनले पत्रकारलाई फोन मार्फत उक्त कुरा बाहीर नल्याउन आग्रह गरेका छन् । यदि यो कुरा बाहीर नल्याय आर्थिक उपलब्ध गराउने समेत फोन सम्बादमा भनेका छन् । कालिकोट जिल्लाको रेडियो शुभकालिका ९९.१ मेगाहर्जलाई जिंगल बजायबापत रकम भुक्तानि दिएको भनेर कृते भर्पाइ बनाई रकम लिएको पाईएको छ । उक्त रेडियोमा मयाराम आचार्य नामको कर्मचारी नभएको रेडियोमा कार्यरत कार्यक्रम संयोजक तुलराज चौलागाईले बताएका छन् ।