देशका विभिन्न ठाउँहरुमा भुकम्प जानुका साथै कालिकोटमा पनि मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् । कालिकोटको सदरमुकाम मान्म लगायत जिल्ला आसपासका ठाउँहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउसोे ३ बजे तिर भुकम्प गएको थियो । भुकम्पले बझाङ लगायतका अन्य ठाउँहरुमा आंशिक रुपमा क्षति पुर्याए पनि कालिकोट जिल्लामा भने हालसम्म बातावरणिय तथा मानवीय क्षती नगरेको पाईएको छ ।कालिकोटमा दिउसो ३ बजे बाट ५बजेर ४९ मिनेट सम्म भुकम्पको धक्का पटकपटक महशुस गरिएको छ । भुकल्पले कहाँ कति क्षति पुर्यायो भन्ने यकिङ तथ्यांक अझै आइनसकेको बताईएको छ ।