स्वास्थ्य सेवा कालिकोटद्वारा उपलब्धि सार्वजनिक

कालिकोट – स्वास्थ्य सेवा कार्यालय कालिकोटले आफ्नो एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ ।यहि असोज १३ र १४ गते सदरमुकाम मान्ममा स्थानिय तह र स्वास्थ्य सेवा कार्यालयको समिक्षा तथा छलफलमा पछिल्लो समय कालिकोटको स्वास्थ्य सेवा प्रभावकारी रहेको दावि गरेको छ ।कार्यक्रममा यहि असोज १३ र १४ गते सदरमुकाम मान्ममा आयोजित वृहत छलफल तथा अन्तरकृयामा स्वास्थ स्वा कार्यालयको उपलब्धि बारे जानकारी गराईएको थियो । यसबारे डाक्टर संकेत बिश्वकर्माले कार्यक्रममा जानकारी गराएका थिए ।कालिकोटमा बर्थिङ सेन्टर ३७ वटा, क्षयरोग डट्स सेन्टर ३३ वटा, सुरक्षित गर्भपतन सेवा केन्द्र लगायतका सेवाहरूबारे जानकारी गराए ।कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महत, तथ्यांक अधिकृत लंक बम, कार्यक्रम फोकल ब्याक्ति हेमराज बम लगायतका स्वास्थ्यकर्मी र पत्रकार हरूको सहभागीता रहेको थियो । संस्थागत सुत्केरिलाई ८० प्रतिशत पुराउने लगायतका गत वर्षमा गरिएका प्रतिवद्वता अधिकास लक्ष्य अनुसार पुरा हुदै गएको डाक्टर बिश्वकर्माले बताए ।स्वास्थ्य सेवा कार्यालयमा दरबन्दि अनुसार स्वास्थ्यकर्मी नभएको बताए । कार्यालयमा ९ वटा पद रिक्त रहेको उनको भनाई छ ।यस्तै डाक्टर बिश्वर्कमाले ५७। ६१ प्रतिशत वजेट खर्च भएको,पोषण कार्यक्रम हुदै गएको भौतिक संरचना र जनशक्ति अनुसार अस्पतालको सेवा प्रभावकारी संगै मात्रृ शिसु मृत्युदर घट्दै गएको तथ्यांकमा राखेको छ ।जिल्लामा परिवार नियोजन , समुदाय स्तरमा हुने कार्यक्रम नियमित संचालन भईरहेको,दुई वर्षमा निशुल्क रूपमा सामुदायिक स्वास्थ्य ईकाई मार्फत उल्लेखनिय रूपमा स्वास्थ्य सेवा लिएको, ९ वटा पालिका मध्य ७ वटा पालिकामा डाक्टर सहितको सेवा संचालन भएको, सुत्केरि प्रोत्सान कार्यक्रम मार्फत यातायात भाडा नियमित उपलब्ध गराएको, अस्पतालको नियमित सरसफाइ र वृर्क्षारोपण नियमित हुदै आएको उल्लेख छ । यस्तै स्वास्थ्य बिमा भनेजति प्रभावकारी हुन नसकेको बताईएको छ ।बिमितले पहिलो सेवा जिल्ला अस्पताल लिनु पर्दा स्थानिय तहमै पहिला सेवा हुनुपर्ने सुझाव रहेको थियो ।

अनलाईन न्युज खबर बाट साभार गरिएको हो ।

error: Content is protected !!