खाडाचक्र नगरपालिका को वडा नं १ मान्ममा स्वास्थ्य सेवा कार्यालय कालिकोटको वार्षिक समिक्षा तथा स्वास्थ्य सुचक हरुको प्रगति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रहेका स्थानिय तह र कालिकोट अस्पताल मार्फत सम्पादित कार्यक्रमको प्रगति बारे जानकारि गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । स्वास्थ्य सेवा कार्यलय कालिकोटका लंकबहादुर बमले कार्यक्रमका उदेश्यले माथि प्रकाश पार्नु भएको थियो । त्यस्त ैस्वास्थ्य सेवा कालिकोटका निमित्त स्वास्थ्य अधिकृत संकेत बिश्वकर्माले जिल्ला अस्पताल बाट राज्यले दिईएका सबै सेवा सुविधा हरु नागरिक हरुलाई प्रदान गरिएको बारे संक्षिप्त प्रस्तुतिकरण सहित प्रस्ट पार्नु भएको थियो । निमित्त स्वास्थ्य अधिकृत संकेत विश्वकर्मा को सभाअध्यक्षता स्वास्थ्य सेवा कार्यलय कालिकोटका जनस्वासथ्य अधिकृत कटक महत नेपाल पत्रकार ,महासंघका उपाध्यक्ष तुलाराम पान्डे विभिन्न संचार माध्यम विधुतिय छापा र अनलाईन माध्यममा कार्यरत संचार कर्मि र स्वासथ्य सेवा कार्यलय कालिकोटका सम्पुर्ण कर्मचारि लगायतको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको छ ।