मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवश कालीकोटमा पनी मनाइयो ।

सामाजिक न्याय र आर्थिक सशक्तिकरण मानव वेचबिखनको निर्मुलन भन्ने मुलनाराका साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवश कालीकोट जिल्लाको मान्ममा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलय कालीकोटको आयोजना तथा किर्डाक नेपाल कालीकोट, सोसेक नेपाल,इन्सेक,पलान इन्टरनेस्नल लगायत संस्थाहरुको सहकार्यमा कार्यक्रम सन्चालन गरीएको थियो । प्रमुख जिल्ला अधिकारी जोरासिंङ माझीको अध्यक्षता कणार्ली प्रदेश सभा सदश्य मानमीय हिक्मत वहादुर बिष्टको प्रमुख आथित्यता,जिल्ला समन्वयन समिति प्रमुख धनजित शाही आर्दशको विशेष आथित्यता विभीन्न गैर सरकारी संस्थाका प्रमुखहरु,पत्रकार, सुरक्षा कर्मीहरु लगायतको

उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम मान्मको जिरोपोइन्ट देखि बजार परिक्रमागरि प्रतिमाचोकमा कोण सभामा परिणत भएको थियो । कोणसभामा वोल्दै प्रमुख अथिती मानमीय हिक्मत वहादुर बिष्टले अझै पनी हाम्रो समाजमा मानव वेचविखनका घटनाहरु घटिरहेकाले यसलाई सवै मिलेर निर्मुल पार्नु पर्नेमा जोड दिनु भयो,यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै विसेष अथिती शाहीले राज्यका सवै निकाय मिलेर मानव वेचविखन तथा हिंसा अन्त्य गर्न जोड दिनुपर्ने वताउनु भयो । साथै कार्यक्रम समापन गर्दै प्रमुख जिल्ला अधिकारी माझीले सुरक्षा निकायले मात्र चाहेर जघन्ने अपराधका घटना अन्त्य गर्न नसकीने वताउदै उहाँले विभीन्न संघ संस्थाहरुले मानव वेचविखनका घटनाहरु अन्त्य गर्न महत्वपुर्ण भुमीका खेलेकोमा धन्यवाद समेत व्यक्त गर्न भएको थियो ।

error: Content is protected !!