यी प्रदेशमा आज सामान्य वर्षा

काठमाडौं स् बागमती प्रदेशको एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । राति कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यस्तैभारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा छ।

थाहा खबर बाट साभार गरिएको हो ।