विवाह समारोहमा आगलागी हुँदा एक सय जनाको मृत्यु

काठमाडौं स् इराकमा एक विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ। एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन्। उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन।समारोहमा आतिशबाजी पछि आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। अग्नि नियन्त्रक तथा स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। इराक सरकारले घटनाबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएको छ .

थाहा खबर बाट साभार गरिएको हो ।

error: Content is protected !!