कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाको मान्म बजारमा स्वास्थ्य प्रवद्धन सम्वन्धी पत्रकार र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख डा.संकेत बिश्वकर्माको सभाअध्यक्षता, कर्णाली प्रदेश सरकार सामाजिक विकाश मन्त्रि खड्क बहादुर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सामाजिक विकाश मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेको बिषेस आतिथ्यता साथै कालिकोट जिल्ला समन्वय उप प्रमुख मिना रावत ( वि. क.), प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन के.सी.अस्पताल विकाश समिति अध्यक्ष्य गगन बहादुर मल्ल, जिल्ला अनुसन्धान प्रमुख नित्यानन्द ढुङगाना, पत्रकारहरु, जिल्ला स्थित स्वास्थ्य कार्यालयका कर्मचारीहरु लगायतको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्ण लाई जन स्वास्थ्य अधिकृत कटक बहादुर महतले स्वागत मन्तब्य दिएर स्वागत गर्नु भएको थियो ।
कर्णाली प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयकोे आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यलय कालिकोटको समन्वयमा कार्यक्रम सन्चालन गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पत्रकारहरु तथा कर्मचारीहरुले स्वास्थ्यका सम्पुर्ण विषय वस्तु, औषधि अपुग र सरुवारोग अस्पतालको वारेमा, सम्वन्धित निकायसंग प्रश्न गर्नु भएको थियो ।
बिषेस अतिथि सामाजिक विकाश मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आफुहरुले चाहेर पनि नागरीकका आसा अपेक्षा र थुप्रै मागहरुको सम्वोधन गर्न नसक्ने वताउनु भएको छ । साथै उहाँले सरुवारोग अस्पतालका विषयमा राज्यको छ करोड रकम खर्च हुदा पनि सञ्चालनमा नआउनु दुखद भएको समेत वताउनु भयो । स्वास्थ्य सम्वन्धिका समस्याहरुमा आफु र आफ्नो मन्त्रालय वाट हुने सम्पुर्ण सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकाश मन्त्रि खड्क बहादुर पोखरेलले सरुवारोग अस्पतालका विषयमा आफुले वारम्वार छलफल गरीरहेको र अर्थ मन्त्रालय संग पनि वजेटको विषयमा पत्र पठाएको वताउनु भयो ।
आगामी दिनमा सरुवारोग अस्पतालका लागी वजेट उपलब्ध गराउने पनि आस्वासन दिनुभयको छ । औषधि उपलव्धका बिषयमा समयमै जानकारी गराए औषधि अपुग हुन नदिने पनि वताउनु भयो । कार्यक्रम समापन गर्दै सभाअध्यक्ष डा.संकेत विश्वकर्माले जिल्लाको स्वास्थ्य क्षेत्रको समस्या, प्रगति र बिभिन्न बिषयमा जानकारी दिदै अस्पतालका सेवाहरुलाई थप प्रभावकारी वनाउने, जिल्लामा छिट्टै विसेशज्ञ डाक्टरहरुको टोली सहित वृहत स्वास्थ्य सिविर सञ्चालन गर्ने पनि वताउनु भएको छ ।