चौथो राष्ट्रपति रनिङ्ग शिल्ड तथा तेस्रो मेयरकप खेलकुद प्रतियोगिता कार्यक्रम सम्पन्न

कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड तथा तेस्रो मेयरकप खेलकुद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने मुलनाराका साथ कणार्ली प्रदेसका प्रथम मुख्यमन्त्रि प्रतिनधिसभा सदश्य माननिय महेन्द्र वहादुर शाही, लगायतको उपस्थितीमा असोज २ गते उद्घाटन भएको कार्यक्रमको आज समापन भएको हो । नगरप्रमुख  शंकर प्रसाद उपाध्यायको अध्यक्षता, नेपाली काँग्रेसका प्रदेश समिति सदश्य मनराज शाहीको प्रमुख आथित्यता तथा नेपाली काँग्रेसका जिल्ला सभापती अम्म वहादुर शाही लगायत जनप्रतिनिधि, राजनितिदलका प्रमुख, शिक्षक, विद्यार्थि अभिभावक सम्पुर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न नागरिक समाजका संयोजक स्थानिय कमल शाहीले वताउनु भएको छ । उक्त चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २१ वटा गोल्ड मेडल प्राप्त गरी श्री महादेव मा.बि फोइकोटले प्रथम स्थान हासिल गरेको छ, श्री सत्यदेवि मा.बि दोस्रो र श्री मालीका मा.वि नाग्मले तेस्रो स्थान हात पारेको वताइएको छ । उक्त प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयहरुले भाग लिएको संयोजक शाहीले वताउनु भएको छ ।

error: Content is protected !!