कालीकोट खाँडाचक्र नगरपालीका वडा नं ३ ताडीमा सडक नाटक पदर्शन कार्यक्रम सम्पन्न भएको छ । समानता र समावेशिकरण हाम्रो चाहना, समृद्धसमाज निमार्णको परिकल्पना भन्ने मुलनाराका साथ संस्थागत सुधार माफर्त न्याएमा पहुच अभिवृद्धी दोस्रो परियोजा अन्र्तगत सडक नाटक पदर्शन कार्यक्रम सन्चालन गरिएको हो । उक्त सडक नाटक कार्यक्रमको आयोजना महिला सशक्तिकरण मञ्च नेपाल नयाँवजार दैलेखले गरेको थियो भने खाँडाचक्र नगरपालीका कालिकोटको समन्वयन तथा संस्थागत सुधार माफर्त न्याएमा पहुच अभिवृद्धी दोस्रो परियोजाको आर्थिक सहयोग रहेको थियो । सडक नाटक कार्यक्रममा किसोर महत, सुरेश शाही, पुर्णीमा शाही, यत्रिका शाही, चन्दा पाण्डे, विध्या पाण्डे, यज्ञराज विश्वकर्मा, उमेश विश्वकर्मा, किशोर विश्वकर्मा, उर्मिला शाही, सिर्जना विश्वकर्मा, लगायतको ठिमले वर्तमान हाम्रो समाजमा मौलाइरहेको हिंसा, दुव्र्यवहार,तथा वालविवाह जस्ता अपराधका घटनाहरुलाई मध्यनजर गर्दै विभिन्न चरणका सन्देश मुलक क्रियाकपापहरु प्रस्तुत गर्दै सडक नाटक पदर्शन सम्पन्न भएको हो ।