कर्णाली प्रदेश सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने

                                                     

सुर्खेत ( कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०८०र८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १७ प्रकारका अनुदान दिन लागेको हो । अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ। कृषि अनुदान अन्तर्गत अपाङ्गता भएका व्यक्ति लक्षित आयमूलक कार्यक्रम, दलहन बालीको प्रवर्द्धन कार्यक्रम तथा उन्नत बिउलगायतमा अनुदान दिइनेछ । व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यान्न बाली बिउ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउखेती उत्पादन प्रवर्द्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।उहाँका अनुसार निर्देशनालयले जग्गा भाडा तथा विद्युत् महसुलमासमेत अनुदान दिने छ । बेरोजगार कृषि प्राविधिकको छनोट, अभिमुखीकरण तथा लागत सहभागितामा समेत अनुदान दिइने उहाँले जानकारी दिनुभयो । अनुदान पाउनका लागि संस्था तथा फर्म दर्ता भएको हुनुपर्ने, कृषि व्यवसाय गर्ने अनुसूचि अनुसारको विवरण लगायतका कागजात चाहिने निर्देशनालयको सूचनामा उल्लेख छ ।

error: Content is protected !!