दैलेख – दैलेखको दुल्लुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भित्रि सडकमा लु ३ त ९६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा चालक दुल्लु नगरपालिका–२ का २५ वर्षीय धर्म महतको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ट्र्याक्टरमा रहेका दुल्लु–३ सियालाका भूपेन्द्र सावद र रमित सावद घाइते भएका छन् । उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो ।