स्थानिय तहको बजेटमा बाल संवेदनशिलता र ५९ औं राष्ट्रिय बालदिवसको नाराको कार्यान्वयनको प्रश्नहरु ।।

आज बालबालिकामा लगानी गर्नु भनेको भविश्यका लागि लगानी गर्नु हो । घर परिवा, समाज, र देशको भविश्य उज्वल बनाउ अहिले नै बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागीतामा लगानी गर्नुपर्दछ । बालबालिकामा लगानी गर्नु भनेको मानव पुजीमा लगानी गर्नु हो । बालबालिकालाई लगानी गर्नु भनेको आर्थिक लगानीमात्रै होइन । उनीहरुको हेरचाह, सिकाई र सामाजिकरणमा ध्यान दिनु पनि लगानी नै हो । बालबालिकालाई लगानी गरियो भने उनीहरुले राम्रोसंग हुर्कने,सिक्ने, योग्य मान्छे बन्ने अवसर पाउछन् । त्यसैले अहिले बालबालिकामा गरिएको लगानीले भविश्यमा राम्रो प्रतिफल दिन्छ । यस्तो लगानीले बालबालिका सुरक्षित हुन्छन भने स्थानिय सरकार हुदै देशकै भविश्य सुरक्षित हुन्छ ।

नेपालले सयुक्त राष्टसंघको बालअधिकारसम्वन्धि महासन्धी १९८९ लाई अनुमोदन गरेको गरि कार्यन्वयन मा ल्याईसकेको छ , बालअधिकार महासन्धीले बालबालिका तथा किशोरकिशोरीका आधारभुत आवश्यकताहरुलाई आर्थिक र सामाजिक तथा मौलिक अधिकारका रुपमा अनुमोदन गरेको छ । साथै राज्य तथा सरकारले यी अधिकारहरुलाई श्रोत र साधनले उपलब्ध भएसम्म सुनिश्चित गर्नुपर्ने भनि स्थापित पनि गरेको छ । यसैगरि नेपालको संबिधान २०७२ को धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यवाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङगीण ब्यक्तीत्व बिकासको हक हुनेछ भन्ने उल्लेख गरिएको छ । भने धारा ३९ को उपधारा ३ मा प्रत्येक बालबालिकालाई प्रारम्भीक बालविकास तथा बालसहिभागीताको हक हुनेछ भन्ने उल्लेख गरिएको छ । बालविकासको कुरा गर्दा लगानीको कुरा स्वतः जोडिएर आउछ ।

तर नेपाल सन्दर्भमा बालबालिकाको अधिकारको संरक्षण र प्रर्बधनको लागि राज्यले उचित बजेटको प्रबन्ध गरि प्रभावकारी कार्यान्वयन गर्न सकिरहेको छैन र बालबालिकाहरुलाई वेवास्ता गरिरहेको अवस्था छ । स्थानिय तहको कुरा गर्दा बालबालिकाहरुको क्षेत्रमा प्रत्यक्ष काम गर्ने महिला तथा बालबालिका शाखालाई जहिले पनि असाध्यै न्युन बजेट बिनियोजन गर्ने प्रचलन रहेको छ र कहि कतै त बजेट नै बिनियोजन नगर्ने परिपाटी पनि छ । यति न्युन बजेट बिनियोजन वा बजेट बिनियोजन नगरेको कारण स्थानिय तहहरु बलबालिका प्रति संवेदनशिल नभएको र बजेट भौतिक पुर्वाधार वा कार्यकर्ताहरुलाई उपभोक्ता समितिमा राखी भ्रष्टचार हुने क्षेत्रमा बिनियोजन गर्ने गरेको तथ्यहरु पाईएको छ । यो बिषय गम्भीर र सरोकारवालाहरुको लागि सोचनिय छ ।

नेपालमा बालअधिकारको सुचिश्चतता गर्र्दै बालबालिकाको हितमा कार्य गर्न बालबालिकासम्वन्धि ऐन २०७५ को तर्जूृमा गरिएको छ । ऐनको परिच्छेद २ मा बालबालिकाको अधिकार शिर्षकमा बिभिन्न १५ थरी अधिकारहरुको सुनिश्चतता गरिएको छ । ऐनमा बालबालिकाप्रति घरपरिवार र राज्यको दायित्वका वारेमा पनि उल्लेख गरिएको छ । यसैगरी बालअधिकार तथा बालकल्याण सम्वन्धि संस्थागत ब्यवस्था पनि गरिएको छ । ऐनमा गरिएको यस्तो ब्यवस्थाले बालअधिकार सुनिश्चित गर्दै बालबालिकाको सर्वाङगीण विकासमा टेवा पुग्ने बिश्वास गरिएको छ ।

बालबालिकाहरुको मस्तिष्कको विकास सुरुवाती वर्षहरुमा तीव्रगतिमा हुने तथ्य प्रमाणित छ त्यसकारण प्रारम्भिक बालविकासका गुणस्तरीय कार्यक्रमहरुमा लगानी गरिने हरेक १ अमेरिकी डलरले भविश्यमा ६ देखी १७ गुणसम्म प्रतिफल दिने गर्दछ । यसकारण पनि बालबालिकामा लगानी गर्नु आवश्यक छ । लगानी को अर्थ पैसा खर्च गर्नु मात्रै होइन, उनीहरुको हेरचाह, शिक्षा र स्वास्थ्यको विकासमा ध्यान दिनु पनि हो । बालबालिका स्वस्थ, शिक्षित र सभ्य भए भने असल नागरिक बन्नेछन् । असल नागरिकले घर, समाज, वडा, पालिका हुदै देशले सुख, शान्ति र समृद्धिमा योगदान गर्न सक्छन् ।

गर्भधानदेखी दुई वर्षसम्मको समयवधि अर्थात बालबालिकाको सुरुका १ हजार दिनहरुमा दिईने उचित हेरचाह र पोषणले उनीहरुको हुर्कने, सिक्ने र गरिवीवाट उम्किनसक्ने क्षमतामा ठुलो प्रभाव पार्छ । परिवार,समुदाय र देशकै गरिवीको चक्र बालबालिकामा लगानी गर्नुको अर्थ उनीहरुलाई पैसा कमाउन सक्ने बनाउनु मात्रै होईन । उनीहरुको चारित्रिक र नैतिक विकासमा पनि ध्यान दिनुपर्छ । संसार नै भौतिक सुखको पछि दौडेको अवस्थामा मानवीयता संकलनमा पर्न थालेका छ । पैसाकै पछि लाग्नाले हुर्केका छोराछोरीले बुढा भएका आमावुवालाई नहेर्ने प्रबृत्ति बढेको छ । वुढा बावुआमाको पालनपोषणका लागि पनि कानुनले नै बाध्य पार्नेपर्ने अवस्था सिर्जन भएको छ ।यस्तो अवस्था सिर्जना हुनु राम्रो होईन । बालबालिकाको नैतिक शिक्षामा लगानी गर्ने हो भने उनीहरुमा घर, परिवार, समाज र देशप्रतिको उत्तरदायित्वबोध गराउन सहज हुनेछ ।

ज्ञानबिज्ञानको क्षेत्रमा हरेक दिन नयाँ नयाँ आविष्कार भईरहेका छन् । यस्तो अविष्कारलाई जीवनमा आत्मसात् गर्न सकेमात्रै हाम्रो जीवन सहज, सुखी र समृद्ध बन्छ । अनि हामी सक्षम नागरिक बन्न सक्छौ । यसका लागि सर्वप्रथम समयअनुकुलको शिक्षा, संरक्षण, स्वास्थ्य र सहभागीताको आवश्यकता पर्छ । यसका लागि बालबालिकालाई राज्यले उचित लगानी गर्नुपर्दछ । अहिलेको घरनजिकैको राज्य भनेको शुभकालीका गाँउपालिका हो । अहिले बालबालिका माथि लगानी गर्न कन्जुस्याई गरियो भने यसले समग्र गाँउपालिका र देशको भविश्यमाथि खेलवाड अथवा बेईमानी गरेको ठहरिन्छ

सक्षम समाज, राष्ट बनाउनका लागि प्रतिफलको आशा गर्ने भने बालबालिकामाथि घर , बिद्यालय, समाज र स्थानिय,प्रदेश र संघिय सरकारले लगानी गर्ने पर्छ र अहिलेकै अवस्थामा रहनु हुदैन । बालबालिकामा लगानी गरि ति बालबालिकाहरुको भविश्य सुनिश्चित गर्नका लागि आजकै दिनदेखी थालनी गर्नै पर्ने हुन्छ । कुनै पनि परिवार, राज्यले आफेना बालबालिकाहरुको भविश्य सुन्दर बनाउ र सुखी र समृद्ध समाज र देश बनाउका लागि बार्षिक बजेट बिनियोजनको वेला बालबालिकाहरुको अर्थपुर्ण सहभागीता गरि बालबालिकाको नेतृत्व बिकासका लागि समग्र बिकासको लागि कुल बजेटमा कम्तीमा २० प्रतिशत बजेट बिनियोजन गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने अवस्था आएको छ । अहिले हाम्रा सरकारका बार्षिक बजेट हेर्दा यो अवस्था असाध्यै न्युन छ । बालबालिकाहरुको क्षेत्रमा बजेट छुट्याउने अर्थात लगानीमा कन्जुस्याई गर्ने हो भने चाहेको प्रतिफल पाउन सकिन्न । सुन्तला खान सुन्तलाकै बीउ रोप्नुपर्छ । कागतीको बीए रोपेर सुन्तला फल्ने आशा गर्नु मुर्खता मात्रै हुन्छ । त्यसैले बलाबालिकामा उचित लगानी गर्नुपर्छ । बालबालिकाका लागि घर, परिवार, समाज र गाँउपालिकाले गर्ने समय, श्रम र पुजी लगानीले भोली अवश्य सुख,शान्ति र समृद्धि सहितको सुनौलो विहानी आउनेछ । र बालअधिकार महासन्धी १९८९,नेपालको संबिधान २०७२, बालबालिका सम्वन्धि ऐन २०७५ र स्थानिय सरकारले बालबालिकाका क्षेत्रमा बनाएका कानुनले दिएका अधिकारहरुको सफल कार्यन्वयन हुनेछ र नेपाल सरकारले राष्ट्रिय बाल दिवस २०८० को नारा “बालबालिकामा लगानी ः सुनिश्चित भविश्यको थालनी” भन्ने नाराको सफल हुनेछ ।

error: Content is protected !!