कालीकोट । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज देशभर राष्ट्रिय बाल दिवस मनाइने भएको छ । यस्तै कालीकोट जिल्लाका विभिन्न स्थानिय तहहरुमा पनी राष्ट्रिय बाल दिवस भव्यरुपमा मनाउने तयारी गरीयको छ भने कतिपय स्थानिय तहहरुमा वजेट अभावका कारण कार्यक्रम गर्न नसकिने जनप्रतिनिधीहरुले नै वताएका छन । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा बजेटको आकार सानो बनाएर निति तथा कार्यक्रम हरु ल्याइएका छन् । कालीकोट जिल्लाको महावै गाउँपालीकाले प्रत्यक वडामा वालवालीका सम्वन्धी विभिन्न अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रमहरु आयोजना गरेको र यसको लागी प्रत्येक वडाहरुमा रु पाँच हजारका दरले वजेट उपलब्ध गरीएको पालिका अध्यक्ष खेम वहादुर सिंह (भिजन)ले वताउनु भएको छ । जिल्लाको राष्कोट नगरपालीकाले ४० वटै विद्यालयलाइ सहभागी गरायर खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गरेको उपप्रमुख मनिराज वरालले वताउनु भएको छ भने तिलागगुफा नगरपालीकामा पनी साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको उपप्रमुख महेन्द्र शाहीले वताउनु भएको छ । शुभकालीका गाउँपालीकामा पनी मावि विद्यालयहरुमा वक्तित्वकला प्रतियोगीता र वडा स्तरमा पनि विभीन्न कार्यक्रम आयोजना गरीएको अध्यक्ष गोविन्द प्रसाद आचार्य वताउनु हुन्छ । नरहरीनाथ गाउँपालीकामा स्थानिय सरकार र विभिन्न गैरसरकारी संस्थाहरुको वैठक वसी शुभकामना आदान प्रधान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको पालिका अध्यक्ष नगेन्द्र वहादुर विष्टले जानकारी दिनुभएको छ । जिल्लाकै पचालझरना गाउँपालीकामा पनी २७ वटै विद्यालय र पालीका स्तरमा पनी अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको अध्यक्ष देवराज शाही (अग्नि)ले वताउनु भयो । सवै स्थानिय तहले कार्यक्रमको आयोजना गरीरहँदा खाडाचक्र नगरपालीकाले भने कुनै पनी कार्यक्रम आयोजना नगरेको नगर प्रमुख कमल वहादुर शाही वताउनु हुन्छ । बजेट बिनियोजन गरिएको भएता पनि बिभिन्न समस्या र आन्तरिक बिबादका कारण कार्यक्र गर्न नसकिएको उहाको भनाई रहेको छ । शान्नि त्रिभेणी गाउँपालीकामा पनी वक्तित्वकला प्रतियोगीताको आयोजना गरीएको उपाध्यक्ष पार्वती सिँहले वताउनु भयो । साथै पलाता गाउँपालीका अध्यक्ष विष्णु वहादुर रोकाया सम्पर्कमा आउनु भएन र उपाध्यक्ष अलैपुरा जैसीले कुनै कार्यक्रम नरहेको जानकारी गराउनु भयो । स्थानिय तहहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ । यस्तै बालबालिकाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सेभद चिड्रेन कालीकोटका वाल संरक्षण संयोजक बाले विश्वकर्मा ले जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजना र विभिन्न संघ संस्थाको साझेदारीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको वताउनु भयो यस्तै उहाँले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिनु भएको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन बाल दिवस मनाइरहँदा हरेक बुबाआमाले आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्ध, उनीहरूले पछ्याएको बाटो र आफूले दिएको समयको बारेमा सोच्न जरूरी छ । उनीहरूका लागि पर्याप्त समय र माया ममता दिनु जरूरी छ । हाम्रा सम्पूर्ण बालबालिका असल भएको देख्न, सुन्न र अनुभव गर्न पाइयोस् । तिला मिडिया प्रा.लि को तर्फवाट ५९ औँ बाल दिबशको भब्य शुभकामना छ ।