दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गयो, १६ जना घाइते

दैलेख – दैलेखमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । गएराति चट्याङ लागेर महाबु गाउँपालिका(१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिनुभयो । घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते हुनुभएकी खत्रीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् । उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा। धर्मराज रेग्मीले बताउनुभयो । पाँच जना उपचारपछि घर फर्किएका छन् यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!