राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

g]Djfª kfly{j z/L/df bfuaQL lbFb} h]7f] 5f]/f sf7df8f}F, !* ebf} M ;+ljwfg;efsf cWoIf Pjd g]skf -Pdfn]_ sf pkfWoIf ;'jf;rG› g]Djfªsf] kfly{j z/L/df kz'klt cfo{3f6df laxLaf/ clGtd >4f~hnL Pjd bfuaQL lbFb} h]7f] 5f]/f d]ª;f] g]Djfª ;fydf sfG5f] 5f]/f ;'xfg g]Djfª . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाण्डौ – संविधानसभाका अध्यक्ष एवम् नेकपा ९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उहाँका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिनुभएको थियो । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभयो । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।अन्त्येष्टिअघि नेम्वाङको शवयात्रा गरिएको थियो । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । उहाँको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएको थियो ।गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । सरकारले नेम्वाङको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

उज्यालो वाट साभार गरीएको

error: Content is protected !!