हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

२८ भदौ, दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो । खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । उक्त हेलिकप्टरमा पाइलटसहित पाँच जना रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।उनीहरु हुम्लाबाट हेलिकप्टर बुकिङ गरेर पोखरा जान लागेका थिए । बुधबारको रात दाङ देउखुरीमा बिताएका उनीहरु बिहीबार बिहान पोखरा प्रस्थान गर्ने तयारीमा छन् ।

error: Content is protected !!