शुभकालीका गाउँपालीकामा शैक्षिक कार्यशाला गोस्टी सम्पन्न ।

कालिकोट । जिल्लाकोे शुभकालीका गाउँपालीकामा विद्यालयमा शिक्षाको स्थिति र आगामी शैक्षिक योजना वारे १ दिने शैक्षिक कार्यशाला गोस्टी सम्पन्न भएको छ । शुभकालीका गाउँपालीकाको आयोजनामा शैक्षिक कार्यशाला गोस्टी सन्चालन गरीएको थियो । गाउँपालीकाको शिक्षा अधिकृत नवराज आचार्यको सभाअध्यक्षता, गाउँपालीकाका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यको प्रमुख आथित्यता ,वडा नं १ देखी वडा नं ८ सम्मका वडा अध्यक्ष ,निवर्तमान पचालझर्ना गाउँपालीकाकी उपाध्यक्ष तारा नौपाने, गाउँपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश वहादुर शाही, सेभ.द चिल्डे्नका संयोजक टिकाराम नेपाली,२६ वटै विद्यालयका प्र.अहरु, विव्यस अध्यक्षहरु लगायतको सहभमगीतामा गोस्टी सम्पन्न भएको वताइएको छ । शुभकालीका गाउँपालीकामा शिक्षाको वर्तमान अवस्था,विद्यालयमा सन्चालन भैरहेका शैक्षिक तथा प्रशासनिक गतिविधि,जिल्ला शिक्षा सम्मेलनमा सहभागीता र साक्षर गाउँपालीका घोषणा तयारी, शिक्षकको पेशागत आचरणमा सुधार, लगायत अन्य समसामयीक विषयमा छलफल गर्नको लागी शैक्षिक कार्यशाला गोस्टी आयोजना गरीएको शिक्षा शाखा प्रा.स ऐन वहादुर शाहीले जानकारी दिनुभएको छ ।

error: Content is protected !!